संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्योः भीम रावल

काठमाडौं, १७ साउन । एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् ।

संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै रावलले तर, यस व्यवस्थाविपरीत गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको बताए ।

यसको उदाहरणका रुपमा उनले दलहरु बीचको चुनावी तालमेललाई प्रस्तुत गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board