मापसे गरेर विद्यालय जाने हेडसरलाई १ हजार जरिबाना

जाजरकोट । मादक पदार्थ पिएर गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका हेडमास्टर एक हजार रुपैयाँ धरौटी तिरेपछि मात्रै घर फर्किन पाएका छन् ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) भक्तबहादुर मल्ल मदिरा पिएर विद्यालय पुगेको खबर विद्यार्थीहरुले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टि भएपछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।

प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई विद्यालमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अबदेखि बिद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board