पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

काठमाडौं १८ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ।

ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिङ्क पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो।

इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्रीले भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। उनका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्।

गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो जसले पीटीआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो । पछि सरकारी अधिकारीहरूले भने सो खाता ह्याक भएको दाबी गरेका थिए। राससरएएनआई

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति