भारतमाथि वेस्ट इन्डिजको ५ विकेटको जित

काठमाडौँ । वेस्ट इन्डिजले दोस्रो टी–२० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १–१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए । यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे ।

बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति