एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।

उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति