संसदीय समितिलाई कल डिटेल हेर्न दिइएन : ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।

साउन १५ अर्थात खिा खाने दिनको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ सांसद्ले नै कल डिटेल हेर्न नदिएको बताए । उनले तत्कालीन अर्थमन्त्रीको तथ्य बाहिर आउँछ भनेर सीसीटीभी फुटेज गायब पारेको बताए ।

उनले भने, “सीसीटीभीको फुटेज गायब हुनु गलत हो । अहिलेको जमानामा कल डिटेल ठुलो प्रमाण भए पनि हेर्न नदिइनु छानबिन कार्यलाई प्रभावित पार्नु हो । ऊ बेला कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु परेमा तामा–तुलसी राखेर कसम खाने चलन थियो ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु देउवाको भारत भ्रमणप्रति शंका व्यक्त गर्दै त्यसमा पनि राजनीति भइरहेको टिप्पणी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति