काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ । वामदेव गौतम संयोजक रहेको पार्टीले आइतबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
गत १४ असारमा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दल साउन १० गते निर्वाचन आयोगमा दर्ता भएको थियो । दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिन्ह ‘धानको बाला’ राखिएको छ । चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला छ ।
प्रतिक्रिया