उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत

भक्तपुर, १५ साउन । घर तथा भवनको उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट डिजाइनर आइतबार भक्तपुरमा पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल (सीएफसी) ले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट डिजाइनर पुरस्कृत भएका हुन् ।

व्युल्डिङ फेस व्युल्डिङ फ्युचर भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिशनमा उत्कृष्ट तीन जना नगदसहित पुरस्कृत भएका हुन् ।

उनीहरूलाई सीएफसी नेपालका संस्थापक अध्यक्ष डा। सुनिल साह, चर्चित गायक योगेश अमात्य, नेकका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा हिमाल रोकाया पहिलो उत्कृष्ट घोषित भए । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । साथै द्वितीय हुनसफल अनुश्का गैरेले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय हुन सफल सौरभी वर्मा शाखले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आठ जना प्रतिस्पर्धी रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति