रोहित सम्मिलित केडिरीले जाेडे पहिलो अंक

काठमाडौं, १५ साउन । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन घरेलु लिग वानमा पहिलो अंक जोडेको छ ।

आइतबार अपराह्न समाप्त भएको खेलमा पर्सिक केडिरी भयङ्करा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३३औं मिनेटमा पहेंलो कार्डको सामना गरेका रोहितले पूरा समय मैदानमा बिताएका थिए ।

पर्सिक केडिरीले खेलमा अग्रता बनाएपछि जोगाउँन नसक्दा अंक बाढ्न बाध्य भयो । खेलको १५औं मिनेटमा रिनान सिल्भाले पेनाल्टी मार्फत गोल गर्दै सुरुवाती अग्रता बनाए । तर, ३६ औं मिनेटमा युसुफ इजेजारीले गोल गर्दै भयङ्कराको हार टारे ।

बराबरीसँगै केडिरीले लिगमा पहिलो अंक जोडेको छ । उसको दुई खेलबाट १ अंक छ । यता, भयङ्कराको लगातार दुई खेलबाट दुई अंक छ । दुई खेलबाट ६ अंक जोडेका मादुरा युनाइटेड र पिएसएम माकासार क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति