टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, १५ साउन । काठमाण्डौको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिया समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति