चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, १५ साउन । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले सम्बन्धित पक्षसँग छलफल गरी चिनी मिलमा देखिएको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

लामो समयदेखि उखु किसानले वक्यौता रकम पाएका छैनन् । जस कारण बेला बेलामा किसान आन्दोलनमा उत्रिने गरेका छन् । समितिले चिनी मिलका प्रतिनिधि, उखी किसान र मजदुरसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति