खोटाङ भूकम्प अपडेटः केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी 

खोटाङ, १५ साउन । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता पुगेको छ । 

भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले न्युज कारखानासँग भने । 

‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उनले भने । 

आज विहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो । 

‘भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मानविय क्षति केही भएको छैन,’ खोटाङ्का प्रमुख जिल्ला अधिकारी सेडाईले भने, ‘केही पुराना घरहरु चर्केको, पालि भत्केको खबर प्राप्त भएको छ ।’ 

अहिले जिल्लाभरीबाट विवरण संकलन गर्ने काम भइरहेको उनले जनाए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति