स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

एजेन्सी । स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ‘३ हजार ७५० बिरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुवै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो ।

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board