कोरोनाबाट दुईको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि

काठमाडाैँ । आज चार सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको संक्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।

यस्तै, मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार दुई १८, संस्थागत आइसोलेसनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी, विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board