प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वरीबाट भिङरीतर्फ गइरहेको लु३च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया मायादेवी ठाकुरको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।

रुपन्देहीको सिद्धर्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board