काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रस्य कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्का पक्की भएको बताएका हुन् ।
“मंसिर ४ गते निर्वाचन हुँदै छ, पक्कापक्की छ,” उनले भने, “केही दिनमा नै औपचारिक रुपमा घोषणा हुन्छ ।”
प्रवक्ता महतले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न उनले दिर्नेशन दिए ।
प्रवक्ता महतले नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए । उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे ।
प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए ।
प्रतिक्रिया