काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
अध्यक्ष प्रचण्ड निवास खुमटारमा भएको सो भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली संघले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।
प्रतिक्रिया