छानबिन प्रतिवेदनः सीसीटीभीका चलायमान फुटेज उपलब्ध भएन, अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिएन (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं, १३ साउन । तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा समितिले फरेन्सिक ल्याबमा हार्डड्राइभ रिकभरका लागि पठाईएकोमा फुटेज प्रष्ट नभएको भन्दै ‘रिकभर भई प्राप्त भएका उक्त मितिका ५१ वटा सीसीटीभी फुटेजका सिंगल क्लिप फुटेज हेर्दा चलायमान फुटेज उपलब्ध हुन नसकेकाले बाहिरबाट अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन’ भनेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति