अमेरिकी दूतावासले भन्यो– एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो

काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले सो कुराको पुष्टि गरेका हुन् ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबार बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा नै एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए । मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति