उड्नै लाग्दा यतिको विमानमा समस्या

विराटनगर । उड्नै लागेको यति यति एयरको विमानमा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको छ ।

विराटनगरबाट काठमाडौं उड्न लागेको यति यएरलाइन्सको जहाजमा पनि समस्या देखिएको हो ।

शुक्रबार बिहान साढे ७ बजे काठमाडौं उड्न लाग्दा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी गराएका छन् ।

६० जना यात्रु लिएर काठमाडौं उड्न लाग्दा इन्डिकेसनमा समस्या देखिएको थियो।

अहिले काठमाडौंबाट इन्जिनियर लगेर परीक्षण गरिरहेको पनि खरेलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति