पोखरामा आजदेखि मेयर सम्मेलन

पोखरा । पोखरामा आजदेखि मेयर सम्मेलन हुँदै छ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।

महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदानलगायत विषयमा छलफल हुने छ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।

महानगरको छुट्टै सञ्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर, कार्यान्वयन भएन । मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र संघ सरकारमा बुझाउने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति