कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जामार्फत् सेवा दिइने

सुर्खेत । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जामार्फत् उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत् काम गर्ने सहमति भएको हो ।

ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिकाभित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जामार्फत् विद्युतीकरण गर्ने सहमति भएको छ ।

योभन्दा अगाडि जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जामार्फत् १० वर्षसम्म विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जामार्फत् सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाइ निर्देशनसमेत दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board