आइतबारसम्म देशभर वर्षाको सम्भावना

काठमाडौँ । आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको आंकलन गरिएको छ ।

शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति