जनार्दन छानबिन: प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाउने

काठमाडौँ, १२ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको विशेष समितिले प्रतिवेदन तयार गरेको छ।

उक्त प्रतिवेदन भोलि सभामुखलाई बुझाउने भएको हो। समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार आज प्रतिवेदन लेखनको काम सकिएको हो। भोलि सभामुखलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक हुने समेत उनले जनाकारी दिए।

शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ।

आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो।

त्यसपछि छानबिन गर्न विशेष समिति गठन भएको छ। गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ।

समिति सदस्य खगराज अधिकारीले कतिपय बुँदाहरुमा सहमति भएको र कतिपय बुँदामा छलफल पनि नभएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति