कृषि प्राविधिकसहित ४३ कर्मचारी माग

काठमाडौं, १२ साउन । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाइ सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारी माग गरेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको इकाइले बिहीवार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुलाएको हो । सूचनाअनुसार कृषि प्राविधिक पदमा ३३ जना कर्मचारीको माग गरिएको छ । यस्तै, सबइन्जिनियर पदमा दुई र अन्य आठ पदमा एक(एकजना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत यी पदहरूमा आवेदन दिन आवश्यक न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख छ । दरखास्तको समय १६ साउनसम्म तोकिएको छ । योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति