झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
झापाको विर्तामोडमा प्रेस चौतारीमा आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरेका हुन् । “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ,” उनले भने ।
एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो । उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे ।
पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो ।
प्रतिक्रिया