रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा हुनेछ : नासा

एजेन्सी । आफ्नो स्टेसन नबनुन्जेल मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् । रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए ।

नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए ।

‘हामीले कुनै पनि परिवर्तन भएको संकेत पाएका छैनौँ,’ लुएडर्सले रोयटर्सलाई भने, ‘रोसकोसमोससँग नासाको सम्बन्ध सामान्य रूपमा रहन्छ ।

मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति