फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्ने छ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १–१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो ।

एलेक्जान्ड्रा पोपले खेलको ४०औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन् । पहिलो हाफ सकिन एक मिनेटअघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १–१ को अवस्थामा आइपुग्यो । ७६औँ मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन् ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुने छ । जर्मनीले आठ पटक युरो जितेको छ भने इंग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति