पाँच वर्ष कांग्रेसकै सरकार हुने गरी मात्रै गठबन्ध : शेखर कोइराला

पर्सा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न पाँच वर्षसम्म कांग्रेसकै सरकार हुने गरी सहमति हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन वीरगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.कोइरालाले आगामी पाँच वर्ष स्थायी सरकार बनाउने गरी मात्रै गठबन्धन हुने बताए । अहिले कांग्रेस ठुलो पार्टी भएकाले त्यस अनुसार सहमति गर्नुपर्ने उनको भनाइ थियो ।

“पाँच वर्षसम्म कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा हामी सचेत छौँ । यसका लागि छलफल भइरहेको छ,” उनले भने ।

कांग्रेसलाई कम क्षति हुने गरी मात्रै गठबन्धन हुने उनको भनाइ थियो । “अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदै छौँ । मलाई लाग्छ, मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जान्छौँ,” उनले भने ।

डा.कोइरालाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँड गर्नुपर्ने बताए ।

उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो असन्न निर्वाचनमा सिट बाँडफाँड गर्न नहुने बताए । उनले भने, “संघीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँडका मुद्दालाई अगाडि बढाउन जरुरी छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति