सुर्खेत । वडाध्यक्षलाई खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जाजरकोट बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट–६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो ।
उनीहरुलाइ कुशे गाउँपालिका–५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाई टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।
प्रतिक्रिया