काठमाडौँ । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो ।
नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे ।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार ब्यहोरेको श्रीलंका बिना अंक पुछारमा छ ।
आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि, नेपालको जितसँगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया