बैतडीमा जंगली च्याउ खाँदा ५ बालबालिका बिरामी

बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० वर्षमुनी उमेर समूहका रहेका छन् ।

च्याउ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए ।

च्याउ खाएको केहीबेरमा उनीहरुले बान्ता गर्न थालेपछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति