दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते

नवलपरासी । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६जनाको को अवस्था भने गम्भीर रहेको छ ।

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति