पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं, १० साउन । पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।

कास्की प्रहरीका अनुसार आज बिहान ११स्३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति