लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्धविच्छेद

लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव २०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशबन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका ३३२ मुद्दामध्ये २६० वटा मुद्दा फर्छ्यौट भएका छन् भने ६२ वटा फर्छ्यौट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा २७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा २१२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति