मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक बा८३प ९२८१ नम्बरको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा८४प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको जानकारी दिए ।

उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति