प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन : रिपोर्ट

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्वकोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजीनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ ।

जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ ।

‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन । उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन् । उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’ क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ।

बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि पक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति