५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ । दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका–५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी प्रकाउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो ४ बजेपछि पक्राउ गरिएको हो ।

अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

अभिभावकको किटानी जाहेरीपछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरु हुने एसपी काफ्लेले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति