भारतीय कंग्रेसका चार सांसद् निलम्बित

नयाँ दिल्ली । मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसद्लाई लोकसभाबाट निलम्बन गरिएको छ । अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो ।

यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए । निलम्बित कांग्रेस सांसद्हरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ । केही सांसद्लाई निलम्बन गरेर सरकारले आफ्ना सांसद्लाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ । ‘हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसले भन्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board