रुसले गर्‍यो युक्रेनको हतियार भण्डार नष्ट

एजेन्सी । रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआइएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ ।

रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board