नेवारहरूको आजबाट चाडपर्व सुरु, गथांमुगः र घण्टाकर्ण एकै होइन-घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा

काठमाडाै, १० साउन । नेवार समुदायको आज देखी चाडपर्व सुरु भएको छ । हरेक बर्ष गथाःमुग चह्रेः बाट चाड सुरु भएर सिथिःनख को दिन अन्त्य हुन्छ ।

गथाःमुग चह्रेःले रोपाँइ सकेको र नेवारहरुको चाडपर्वहरु सुरु भएको सँकेत गर्दछ । यस दिन सबैले आ-आफ्नो घर आगन सफा गरेर चाेखाे जलले घर भरी छर्किने गरिन्छ, यसलाई नेवारी भाषामा “सिन्हां ज्यास् ब्यन्केगुः” भनिन्छ ।

त्यसै गरी बिशेष पुजा गरेर घरबाट भूत भगाइन्छ । साथै टोल-टोल मा “नर्कत” अथवा “छ्वाली” बाट बनाइएको तीन खुत्ते राक्षेस (भूत्) को प्रतिमा बनाइ आगो माथि बाट लगेर खोला सम्म तानेर लगिन्छ र खोलामा जलाएर आउने चलन छ ।

गथांमुगः र घण्टाकर्ण एकै होइन । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिएकाे छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ ।

त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै रहेकाे भिन्नता छ ।

परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जनसंख्या कम भएको कारणले प्रायः असम्भव थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो ।

भनिन्छ रोपाँइको बेला घरमा कोही मरे, लाशलाई सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परीवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो र रोपाँइ सकी सके पछि मात्र शतगति काजक्रिया गरीन्थ्यो रे । यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां (मरेर) ज्याः (काम) अर्थात मरी मरीकन गर्नु पर्ने काम भनिन्छ ।

किसानी गर्नु भनेको साधारण काम होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम हो। तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नुपर्दथ्यो, अनि त्यस्ता मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकीन्थ्यो ।

सिन्हा ज्याः सकिए पछि यी भूतहरुलाई बर्षभरी खाना खुवाइ पाल्न त असम्भव भएकाले भूतलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चह्रे गथांमुगः को दिन तान्त्रोक्त विधिपूर्वक भगाईन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति