‘कामका लागि नगद’ कार्यक्रमअन्तर्गत ठूलीवन कृषि सडकको स्तरोन्नति

सिन्धुली । रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा सञ्चालित तीनपाटन–फिक्कल कोभिड रिकभरी प्रोजेक्ट अन्तर्गत फिक्कल वडा नं. ४ स्थित ठूलीवन कृषि सडक स्तरोन्नति गर्ने काम सकिएको छ ।

सो कार्यक्रम अन्तर्गत ५३ जनाले श्रम गरेका थिए । श्रम गरेवापत उनीहरुलाई १० लाख ६७ हजार ९५० भुक्तानी दिइएको थियो ।

सडक स्तरोन्नतिका लागि ९० हजारको ढुंगा ढुवानी, १ लाख २० हजार ७९ रुपैयाँको सुरक्षाका सामग्री र सूचना बोर्ड ३ हजार गरी १२ लाख ८१ हजार २९ रुपैयाँ लागतमा सडक स्तरोन्नति गरिएको हो ।

कार्यक्रममा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बरालले कामका लागि नगदवापतको १० लाख ६७ हजार ९५० रुपैयाँ ५३ जनालाई वितरण गरिएको थियो ।

सो कार्यक्रममा रिलिफ नेपालका कार्यकारी निर्देशक खुसराज पौडेलले गाउँपालिकालाई सडकको स्वामित्व हस्तान्तरण गरे ।

स्तरोन्नति भएको सडकको पालिकाका प्रमुख, उपप्रमुख र पालिकाका प्राविधिकका साथै रिलिफ नेपालका पदाधिकारी र प्राविधिक टोलीले संयुक्त अनुगमन गरियो ।

अनुगमनका क्रममा कामका लागि नगद कार्यक्रम अन्तर्गत बनेको सडक स्तरीय रहेको पाइएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा वडाध्यक्षहरु मोहन मगर, बैकुण्ठलाल पहाडी, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि जनक पन्त लगायतको उपस्थिति थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति