माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार खेलाडी सार्वजनिक

काठमाडौं, ९ साउन । यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् ।

प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमः
आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दीप कार्की

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति