अफगानिस्तानका एक युट्युबर थुनामा

तालिबान, ९ साउन । अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ । अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन् । अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रमाइलोका लागि तालिबानले कुटपिट र यातना दिएको भिडियो खिचेर आफूहरूको ह्वाट्सएप ग्रुपमा राखेको प्राप्त विवरणहरूमा जनाइएको छ । अजमल र उनका सहकर्मीहरूलाई इस निन्दाको आरोपमा पक्राउ गरिएको तालिवानको गुप्तचर महानिर्देशनालयले जनाएको छ ।

एउटा विवादास्पद भिडियोमा अजमलका सहयोगीमध्ये एक जना कुरानको केही वाक्यांश हास्यास्पद तरिकामा पढेका छन् । उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ ।

तर, तालिबानले यसलाई अपराध मान्दै अजमलले ‘इस्लामिक पवित्र मूल्यहरूको अपमान’ गरेको आरोप लगाएको छ । सोही आरोपमा माफी मागेको भिडियो पोस्ट गरे तापनि चारै जनालाई थुनामा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति