नागरिकता विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं, ९ साउन । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

राष्ट्रियसभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागी मन्त्री तथा सदस्य ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

राष्ट्रियसभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको राष्ट्रियसभाको बैठक सञ्चालन गर्दै अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति