पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु

अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति