सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्छौँ : युक्रेन

एजेन्सी । फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् ।

‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बरसम्म मुक्त हुने छ, र सबै कब्जाकर्ताहरूको योजना असफल हुने छ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।

युक्रेनी सेना पश्चिा देशहरुले सहयोग गरेको लामो दुरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग उसले फिर्ता गरिरहेको छ ।

‘हामी भन्न सक्छौँ कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौँ कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरको सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।

दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रूसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board