१९ वर्षपछि भारतलाई ज्याभलिङ थ्रोमा पदक

काठमाडौं, ८ साउन । भारतीय ज्याभलिङ थ्रो खेलाडी निरज चोपडाले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

अमेरिकामा जारी प्रतियोगितामा इतिहास रज्दै हरियाणाका २४ वर्षीय निरजले सन् २००३ पछि भारतलाई च्याम्पियनसिपमा पहिलो मेडल जिताएका हुन् ।

फाइनलमा उनले ८८।१३ मिटर थ्रो गरे । विजेता बनेका एन्डरसन पिटर्सले ९९।५४ वेष्ट थ्रोका साथ स्वर्ण पदक हात पारे ।

यसअघि, भारतले च्याम्पियनसिपमा एक मात्र मेडल हात पारेको थियो । सन् २००३ मा एथलेटिक्सका अञ्जु बाँबी जर्जले कास्य पदक जितेकी थिइन् । १९ वर्षपछि भारतले च्याम्पियनसिपमा दोस्रो पदक प्राप्त गरेको छ ।

निरजले टोक्यो ओलम्पिकमा भारतलाई ज्याभलिङ थ्रोमा पहिलो स्वर्ण पदक जिताएका थिए । ओलम्पिक इतिहासमा भारतलाई पहिलो ऐतिहासिक स्वर्ण पदक जिताउन निरजले ८७।५७ मिटर थ्रो गरेका थिए ।

विश्व च्याम्पियनसिपमा रजत पदक जिताएसँगै अहिले हरियाणास्थित निरजको जन्मस्थानमा बाजागाजासहित हर्सोल्लास छाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board