अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु

न्युयोर्क, ८ साउन (एजेन्सी) । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा  बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । 

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार  लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

विवादपछि गोली हानहान भएको थियो ।  आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति