काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् ।
अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सहमहामन्त्रीमा मनोनीत गरेका हुन् ।
अध्यक्ष थापाले दुवैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए ।
आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया